८ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

क्रसर उद्योगमा आगलागी,२० लाखको क्षति

प्रकाशित मिति :  १३ फाल्गुन २०७८, शुक्रबार ०६:३५


सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो ।
–रासस



प्रतिक्रिया दिनुहोस !