४ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी

प्रकाशित मिति :  २९ माघ २०७८, शनिबार ०६:३७


काठमाडौं । झापाको मेचीनगर-१४ दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएकाे छ ।

मनषा थाइफुड्स उद्योगद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा आज बिहान करिब पाैने ५ बजेदेखि आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । आगाे अझै निभाउन नसकिएकाे जिल्ला प्रहरीका कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयाे ।

नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी,स्थानीय र १२ वटा दमकलकाे सहयाेगमा निभाउने प्रयास भइरहेको पनि उहाँले जानकारी दिनुभयाे । साे उद्घाेगबाट अकबरे चाउचाउ समेत उत्पादन हुँदै आएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !