१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुन प्रतितोला रु ९४ हजार

प्रकाशित मिति :  २८ माघ २०७८, शुक्रबार ०५:५६


काठमाडाैं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९४ हजार तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९३ हजार ४०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८० कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !