१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारलाई ४२ करोड रोयल्टि नबुझाए पछि याक एण्ड यति होटलको इजाजतपत्र रद्द

प्रकाशित मिति :  २६ माघ २०७८, बुधबार १६:२३


काठमाडौँ । पटक-पटक ताकेता गर्दा पनि  सरकारलाई ४२ करोड रोयल्टिनबुझाएको भन्दै बुधबार मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटल दरबारमार्गको ५ तारे स्तर वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले जनाएको छ ।

इजाजत रद्द भएसँगै उक्त होटलको बैंक खातासमेत रोक्का भएको छ । पर्यटन मन्त्रालयले त्यस होटलको नाममा २०४८ पुस २२ मा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !