६ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

युवा विद्यार्थीलाई उत्पादन सँग जोड्न सर्लाही अखिलले थाल्यो मौरीपालन अभियान

प्रकाशित मिति :  १२ माघ २०७८, बुधबार ११:२४


सर्लाही । नेकपा एमाले निकट अनेरास्ववियु सर्लाही जिल्ला कमिटीको मंगलबार बैठकले युवा विद्यार्थीहरु लाई उत्पादन सँग जोड्न मौरिपालनको अबधारण ल्याएको छ ।

युवामा उत्पादनको महत्वपुर्ण भुमिका हुने भएकाले अनेराूववियु सर्लाहीले सो अबधारण ल्याएको हो ।

सो अबधारण अन्तरर्गत बैठकले युवा विद्यार्थीहरुका लागि मौरिपालन सम्बन्धि तालिम प्रदान गर्ने निर्णय पनि गरेको छ ।
‘विद्यार्थी उत्पादन सँग जोडेमात्र देशको आर्थिक अबस्था सुध्रिन्छ, भन्ने हेतुले हामीले यो निर्णय गरेको अनेरास्वीयु सर्लाहीका अध्यक्ष प्रज्वल ढुंगानाले बताउनुभयो ’।

तालिमको संयोजन मौरीपालक किसान समेत रहेका अनेरास्ववियु हरिवन नगर कमिटीका अध्यक्ष सुशील मैनालीले गर्ने निर्णय भएको छ ।

बैठकले अगुवा नेताहरुसँग छलफल गरी मिति र स्थान तय गरेर युवा विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गर्ने, आगामी दिनमा बस्ने अनेरास्ववियू जिल्ला कमिटीको बैठकमा आमन्त्रितको रुपमा पालिका र क्षेत्रीीय कमिटीका पदाधिकारीहरुलाई पनि राख्ने, कोरोना भाइरसविरुद्धको खोप बारे सचेतना जगाउन स्थानीय तहहरुसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम गर्ने लगायतका निर्णयहरु बैठकले गरेको थियो ।

अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सहइन्चार्ज उज्वल कार्कीको प्रमुख आतिथ्यतामा आयोजित बैठकमा अनेरास्ववियु सर्लाहीका सचिव आशिषबाबु दाहाल, मधेस प्रदेश अध्यक्ष तथा स्थायी कमिटी सदस्य अन्जना शिवाकोटी, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज सरोजबाबु न्यौपाने, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य श्रीकृष्ण उप्रेती, अनेरास्ववियुका केन्द्रीय सदस्य शिवहरि गौतम र समिमबाबु पठानको उपस्थिति रहेको थियो ।

याे सगै सर्लाहीअनेरास्वीयुकाे नवनिवाचित कमिटीकाे प्रथम बैठक पनि सकिएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !