१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आँधीका कारण फिजीमा ४००० विस्थापित

प्रकाशित मिति :  २८ पुष २०७८, बुधबार ११:०५


सुभ । आँधीका कारण फिजीका चार हजार ६ सय ३० जना विस्थापित भएका छन् ।उनीहरुलाई देशका विभिन्न ठाउँमा बनाइएका एक सय ६२ ओटा शिविरमा राखिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले एक सय १५ ओटा शिविर भिटी लेभुको पश्चिमी क्षेत्रमा स्थापना गरिएको जनाएको छ । त्यसैगरी भानुआ लेभुको मध्य भागमा ४२ ओटा र उत्तरी भागमा पाँच ओटा शिविर बनाइएको पनि अधिकारीहरुले जनाएका छन् ।

‘उनीहरुलाई शिविरमै राख्ने भन्ने हैन, विस्थापित भएकाहरुलाई जति सक्दो चाडो हामी आफ्नै घर फर्काउन चाहन्छौँ,’ एक सरकारी अधिकारीले भने । विस्थापित भएकाहरुलाई अस्थायी बसोबास, खानसँगै न्युनतम अत्यावश्यक सेवाहरु पनि उपलब्ध गराइने उनीहरुको भनाई छ ।

हरेक बर्षको नोभेम्बरदेखि अप्रिलसम्ममा फिजिमा आँधी आउने र ठूलो जनधनको क्षति हुने गरेको छ ।

– रासस



प्रतिक्रिया दिनुहोस !