१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आयल निगमले २०५८ सालदेखि बोनस बाँडेको छैन : सुरेन्द्र पौडेल

प्रकाशित मिति :  १९ पुष २०७८, सोमबार ०१:४७


काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेपाल आयल निगमले ०५८ सालदेखि बाेनस नबाँडेकाे दाबी गर्नुभएकेा छ ।

पेट्रोलियम पदार्थको सहज आपूर्ति र स्वचालित मूल्य प्रणालीसम्बन्धी आइतबार आयाेजित अन्तरक्रियामा निगमका कार्यकारी निर्देशक पौडेलले ०५८ साल भन्दा यता बोनस नबाँडिएको दाबी गर्नुभएकाे हाे । तीन अर्बको फिगरले गर्दा बोनसको कुरा जनमानसमा उठ्ने गरेकाे पनि उहाँले बताउनुभयाे ।

पेट्राेलिय पदार्थकाे मूल्यवृद्धि वाध्यता भएकाे बताउँदै पाैडेलले भन्नुभयाे –  ‘मूल्य वृद्धि गर्नु रहर हाेइन,वाध्यता हाे ।’ नेपालमा पेट्रोलियम पदार्थको शुद्धतामा कुनै सम्झौता नगरिने दाबी पनि कार्यकारी निर्देशक पाैडेलले गर्नुभयाे । नेपालमा युरो मापदण्डको पेट्रोल समेत आयात गरिएको उहाँले जानकारी गराउनुभयाे ।

नेपालमा पाइपलाइनबाट पेट्रोल आयात गर्दा शुद्धतामा कमी नआएको भन्दै उहाँले नेपाल आयल निगमको ल्याब नै भरपर्दो भएले शुद्धतामा शंका नगर्न आग्रह गर्नुभयाे ।नेपालमा दुईवटा पाइपलाइन बन्ने अवस्थामा रहेकाले पेट्रोलियम पदार्थ आयातमा अझै सहज हुने पनि कार्यकारी निर्देशक पाैडेलले बताउनुभयाे । निगमलाई नाफामा लैजानेगरी काम गरिरहेकाे पनि उहाँले बतउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !