१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव नेपाल पक्षले पाएन आपूर्ति मन्त्रालय

प्रकाशित मिति :  ५ मंसिर २०७८, आईतवार ०६:४९


काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिन आफूहरु तयार रहेकाे बताउनु भएकाे छ ।

सत्ता गठबन्धनसम्बद्ध ६ विद्यार्थी संगठनकाे ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले आपूर्ति मन्त्रालय लिन आफूहरु तयार भएपनि सरकारले नसुनेकाे बताउनुभयाे । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री कोही नपाएको भए आफूहरू दिन तयार रहेको नेपालले बताउनुभयाे ।

‘मन्त्रीलाई जिम्मेवारी नदिएर समस्या भएकाे हाे, मन्त्री भइदियाे भने सहज हुन्छ, प्रधानमन्त्री आफैंले सबै कुरा हेर्न, बुझ्न र समय दिन पनि सकिँदैन, काेही पाइएन भने हामी छँदैछाैं नि मन्त्री दिने, दिँदैनन् अब गर्ने के ?’ साे मन्त्रालय हाल प्रधानमन्त्री देउवाले आफैसँग राख्नुभएकाे छ । पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि जस्ता कुरामा सरकार गम्भीर बन्नुपर्ने उहाँकाे भनाइ छ । यसबारे आफूले सरकारसँग कुरा गर्ने अध्यक्ष माधवले बताउनुभयाे ।

अध्यक्ष नेपालले पेट्राेलियमकाे मूल्यवृद्धि र ग्यासकाे मूल्यवृद्धि फिर्ता लिने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेट्न विद्यार्थी नेताहरुलाई सुझाव दिनुभयाे ।

अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समर्थित अखिल क्रान्तिकारी, अखिल छैटौं लगायत विद्यार्थी संगठनले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अध्यक्ष नेपाललाई ज्ञापनपत्र बुझाएका हुन् ।



प्रतिक्रिया दिनुहोस !