१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज माओवादी केन्द्रले गर्याे एमालेकाे नक्कल गर्दै देशभर वडा सम्मेलन

प्रकाशित मिति :  ४ मंसिर २०७८, शनिबार ०६:०९


काठमाडौं । नेकपा माओवादी केन्द्रले आज देशभर वडा सम्मेलन गर्ने भएको छ ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार देशका ६ हजार ४ सय ४३ वटा वडामा एकैपटक वडा सम्मेलन हुन लागेकाे हाे । गत कात्तिक ६ गते नेकपा एमालेले देशभर एकैसाथ वडा अधिवेशन गरेकाे थियाे । माओवादीले एमालेकाे नक्कल गर्दै देशभर एकैसाथ वडा सम्मेलन गर्न लागेकाे हाे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजे भर्च्युअल माध्यमबाट देशभर एकैसाथ वडा सम्मेलनको उद्घाटन  हुनेछ । माओवादीले वडा समितिमा नेतृत्व चयन गर्दा सकेसम्म सर्वसहमतिमा गर्न निर्देशन दिएकाे छ ।

चुनाव हुने अवस्था आए मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पंक्तिलाई आग्रह गरेको छ ।

पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न माओवादीले अपिल पनि गरेकाे छ ।

माओवादीले मंसिर ११ गते सबै पालिकामा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । माओवादीकाे राष्ट्रिय सम्मेलन आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !