८ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बढ्याे सुनको मूल्य

प्रकाशित मिति :  २ मंसिर २०७८, बिहीबार ०७:१४


काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सयले बढेर ९४ हजार पाँच सय कायम भएको छ ।

पहेँलो धातु बुधबार प्रतितोला ९४ हजार तीन सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९४ हजार तोकिएको छ । बुधबार प्रतितोला ९३ हजार आठ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारमूल्यका तुलना स्थिर रहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार दुई सय ८० मा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

– रासस



प्रतिक्रिया दिनुहोस !