१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

झापामा मोटरसाइकल दुर्घटना: एकको ज्यान गयो, एक घाइते

प्रकाशित मिति :  २६ कार्तिक २०७८, शुक्रबार ०६:१७


दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही छन् ।

बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा आज बिहान ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०२–०४१प २००० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शाहीको टाउकामा चोट लागेको र उपचारका क्रममा ज्यान गएको हो ।

सो दुर्घटनामा पछाडि सवार घाइते इटहरी–२० का २५ वर्षीय रुपम तामाङको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !