७ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सत्तापक्षका सांसद्हरु नआएपछी राेकियाे महत्वपूर्ण वैठक

प्रकाशित मिति :  १४ कार्तिक २०७८, आईतवार ०८:२५


काठमाडौं । सांसद्हरु अनुपस्थित भएपछि प्रतिनिधि सभाको एक समितिको महत्वपूर्ण वैठकमा कोरम पुगेन ।

आइतबार बिहान प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक राखिएको थियो । हालैको बेमौसमी वर्षाले आएको बाढीका कारण धान बालीमा पुगेको क्षति र किसानलाई राहत दिने सम्बन्धमा बैठकमा छलफल गर्ने एजेण्डा थियो ।

‘कृषि मन्त्री महेन्द्र राय यदव आउनुभयो तर सदस्यहरु नआउनुभएपछि बैठक बस्न सकेन’– समितिकी सदस्य शान्ता चौधरीले जानकारी दिनुभयो ।

बैठकमा तीन जना सांसद् पुगेका थिए, बाँकी पुगेनन् । समितिमा २० भन्दा धेरै सदस्य छन् । बैठकमा पुगेकाहरुमा सभापति पूर्णकुमारी सुवेदी र एमालेका तीनजना सांसद् थिए । सत्तापक्षका सांसद् एकैजना पनि बैठकमा पुगेका थिएनन् ।

दुई घण्टा कुर्दा पनि सदस्यहरु नआएपछि बैठक स्थगित गरिएको थियो ।

धानबालीमा क्षति पुगेको र किसानलाई राहत दिने सम्बन्धी महत्वपूर्ण बैठकमा सत्तापक्षकै सांसद्हरुको अनुपस्थितिलाई अनौठो मानिएको छ ।



प्रतिक्रिया दिनुहोस !