१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमसीसी कुनै पनि हालतमा पास हुन्छ-प्रम देउवा

प्रकाशित मिति :  ५ कार्तिक २०७८, शुक्रबार ०८:५४


काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे गठबन्धनभित्र छलफल गर्ने बताउनु भएकाे छ ।

प्रेस युनियन कैलालीले आज गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले अर्ली इलेक्सनबारे सत्ता गठबन्धनमा रहेका दलसँग छलफल गर्ने बताउनुभयाे । अर्ली इलेक्सनबारे सञ्चारकर्मीले साेधेकाे जिज्ञासामा उहाँले भन्नुभयाे – ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ त्यही हुन्छ, गठबन्धनको चाहनाअनुरूप नै यस्ता निर्णय हुन्छन् ।’

प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा पास हुने पनि बताउनुभयाे । एमसीसी अनुदान परियोजना भएको र परियोजना लागू भएपनि नेपालको कानुनमातहत नै हुने उहाँले बताउनुभयाे । परियोजनाबारे केही झुठा प्रचार गरिएको देउवाकाे भनाइ छ ।

प्रधानमन्त्री देउवाले बाढी र पहिरो पीडितका लागि अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजना ल्याइने दाबी पनि गर्नुभयाे ।



प्रतिक्रिया दिनुहोस !