८ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले स्थायी कमिटी बैठक आज तुल्सीलाल स्मृति प्रतिष्ठानमा २ बजे बस्दै

प्रकाशित मिति :  ५ कार्तिक २०७८, शुक्रबार ०१:४३


काठमाडाैं । नेकपा एमालेकाे स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

बैठक ललितपुरकाे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसाे २ बजे बस्न लागेकाे हाे । बैठकमा पार्टीकाे दशाैं राष्ट्रिय महाधिवेशन लगायत ५ एजेण्डामाथि छलफल हुनेछ ।

बैठकका लागि विधान महाधिवेशनकाे समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन तथा कात्तिक ९ गते देशभरका पालिकामा हुने पालिका अधिवेशन, पार्टीको राष्ट्रिय महाधिवेशन अविरल वर्षाका कारण भएको जनधनको क्षति लगायत एजेण्डा ताेकिएकाे छ ।

यसअघि बिहीबार बसेकाे बैठकले पार्टीकाे १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेकाे थियाे । त्यसका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !