६ कार्तिक २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मेटमणिलाई एमालाे छाेडेकाेमा ठुलाे पछुत्ताे

प्रकाशित मिति :  २३ आश्विन २०७८, शनिबार ०४:४६


काठमाडौं । प्रधानमन्त्री भएको झण्डै तीन महिना लगाएर सर्वोच्च अदालतको परमादेशबाट प्रधानन्त्री बन्नुभएको शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभयो ।

देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्री बन्न पाएकोमा केही नेता र उहाँहरुको परिवारमा खुसी छायो । तर धरैको भने रुवाबासी नै चलेको छ ।

मन्त्री बन्न नपाउँदा सत्ता गठबन्धनका धेरै नेताको रुवाबासी छ । पार्टीमा विद्रोह र बिग्रहसम्मको कुरा आएका छन् ।

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मन्त्री बन्न नपाएको झोकमा रामचन्द्र पौडेल र शेखर कोइरालाको साथ छाडेको घोषणा गर्नुभएको छ । माओवादीको कोटाबाट सांसद् बन्नुभएका रामनारायण विडारीले नेताको विरुद्ध विद्रोह गर्ने बताउनुभएको छ ।

सत्ता स्वार्थमा केन्द्रित धेरै नेता अहिलेको राजनीतिको फाइदा लिँदै मन्त्री बन्ने दाउमा थिए । योगदान, योग्यता र क्षमताको आधारमा भन्दा पनि चाकडी र दाउपेचको आधारमा मन्त्री बनाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायधीशको सम्म भाग लगाएर मन्त्री बनाउनु भएको छ । जसले गर्दा दाउपेच खेल्ने र चाकडी गर्ने धेरैजना मन्त्री हुन छुटेका छन् ।

मन्त्री बन्न सबैभन्दा बढी दाउपेच एमाले फुटाएर जानुभएका माधव नेपालको पार्टी नेकपा एकिकृत समाजवादीमा देखियो । त्यो दाउपेचमा परेको बेलामा प्रशस्त पैसा खर्च गर्नसक्ने अवसरका भोका किसान श्रेष्ठ, प्रेमबहादुर आले जस्ता मन्त्री भए । मन्त्री बन्नकै लागि एमालेबाट फुटेर सो पार्टीमा लागेका केही नेता मन्त्री बन्न पाएनन् ।

पार्टी फुटाउने बेलामा एमाले विरुद्ध सबैभन्दा उग्र र आक्रमक बन्नुभएको पात्र थियो मेटमणि चौधरी । चौधरीले माधव नेपाललाई पार्टी फुटाउन निक्कै उक्साउनुभयो । एमाले विरुद्ध विष बमन गर्नुभयो । यो सबै विचारको लागि थिएन । उहाँभित्र एमाले फुटाएर कांग्रेसको गठबन्धनमा पुग्ने र मन्त्री बन्ने सत्ता लोलुपता थियो ।

एमालेको जति धेरै विरोध गर्यो, माधव नेपालको जति धेरै चाकरी गर्यो, त्यति नै मन्त्री पद सुरक्षित हुन्छ भन्ने मेटमणिलाई लागेको थियो । मेटमणि मन्त्री हुने कुरामा सतप्रतिशत विश्वस्त हुनुहुन्थ्यो । तर माधब नेपालले भने अन्तिम समयमा  मेटमणीकाे नाम मन्त्रीकाे लिस्टबाट काट्नुभयाे ।

मन्त्री बन्न नपाएपछी मेटमणी घर न घाटकाे भएका छन् । ‍जानाकार स्राेत अनुसार मेटमणी मेटमणीलाई अहिले एमालाे छाेडेकाेमा ठुलाे पछुत्ताे भएकाे छ ।

माधव नेपालको पार्टी आफैमा जालसाजीबाट बनेको पार्टी हो । जालसाजी गरेर एमाले फुटाउने गरी अध्यादेश ल्याएर सो पार्टी बनाइएको थियो । जाली नै जाली भएको सो पार्टीमा मेटमणिको जालले भ्याएन । उहाँको नाम समाजवादीबाट मन्त्री बन्नेको लिष्टबाट अन्तिम समयमा काटियो ।

मन्त्रीबाट नाम काटिएपछि अहिले मेटमणिको रुवाबासी चलेको छ । उहाँ आफू मात्र होइन आफूलाई मतदान गर्ने मतदाताको समेत रुवाबासी चलेको अभिव्यक्ति दिँदै हिँड्नु भएको छ ।

एमालेको सूर्य चिन्हबाट चुनाव जित्नुभएका चौधरीले जनमतको अपमान गर्दै मतदातालाई रुवाएर पार्टी फुटाएर हिँड्नु भएको थियो । त्यस बेला उहाँको क्षेत्रका मतदाताको मन रोएको थियो । मटेमणिलाई अहिले तिनै मतदाताको आँशु लागेको छ । मेटमणि चौधरी ‘मच्चियो मच्चियो थच्चियो’ बन्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस !