६ कार्तिक २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हरिवन एमालेमय, स्वतन्त्र वडाध्यक्ष समेत एमालेमा प्रवेश

प्रकाशित मिति :  २२ आश्विन २०७८, शुक्रबार १५:५१


काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–३ का वडाध्यक्ष दीपमान लोप्चनसहित चार जना नेता एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उहाँहरु एमालेमा प्रवेश गर्नुभएको हो ।
लोप्चनसहितका नेताहरुलाई अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य जुली महतो, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं राष्ट्रिय युवा सँघ सर्लाहीका अध्यक्ष जोनिस पाख्रिन, श्रीकृष्ण उप्रेती, नागेन्द्र चाैधरी  लगायत नेताको सहभागी रहेको थियो ।

लोप्चन गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

हरिवनका अत्यन्तै प्रभावशाली नेता लोप्चन एमालेमा प्रवेश गरे सँगै हरिवनमा एमालेले पकड जमाएको छ ।

लोप्चन सँगै प्रवेश गरेका समाजसेवी, युवा व्यक्तिव धन बहादुर गोले, मानसिङ मोक्तान र प्रेम ब्लोन पनि हरिवनका प्रभावशाली नेता हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस !