१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

३३ किलो सुनकाण्डमा गाेरेसहित ६ जनालाई जन्मकैद

प्रकाशित मिति :  १९ आश्विन २०७८, मंगलवार १०:०५


काठमाडौं । ३३ किलो सुनकाण्डमा चुडामणि उप्रेती ‘गोरेसहित ८ जना दाेषी ठहर भएका छन् ।

जिल्ला अदालत मोरङले आज गाेरेसहित ६ जनालाई जन्मकैदकाे फैसला सुनाएकाे अदालतका श्रेष्तेदार टिकेन्द्रवीरजंग राणाले  जानकारी दिनुभयाे । गोरेसहित टेकराज मल्ल ठकुरी, ल्हाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदकाे फैसला सुनाइएकाे हाे । राजनकुमारलाई ३ र माधव भन्ने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको पनि श्रेष्तेदार राणाले काठमाडौं जानकारी दिनुभयाे ।

साे सुनकाण्डमा मुद्दामा ७७ जना प्रतिवादी रहेकामा २१ जना अझै फरार छन् । फरारको मुद्दा मुल्तवीमा राख्ने आदेश अदालतले दिएको पनि राणाले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !