१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सामूहिक खेती गर्दा समूहमा संलग्न सबैलाई फाइदा

प्रकाशित मिति :  ७ आश्विन २०७८, बिहीबार ०६:४४


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका केही महिलाले सामूहिक खेती गरिरहेका छन् । तस्विरमा देखिएको दृष्य खुर्सानी खेतीको हो । उनीहरुले सामूहिक रुपमा खुर्सानी पनि रोपेका छन् ।

आधुनिक प्रविधि र तरिकाले खेती गर्दा बढि उत्पादन हुन्छ । सामूहिक खेती गर्दा समूहमा संलग्न सबै महिलाले फाइदा पाउने गरेका छन् । कञ्चनपुरमा मात्र नभएर देशव्यापी रुपमा सामूहिक खेतीको चलन बढ्दै गएको छ ।

सामूहिक खेतीले किसानलाई उत्प्रेरित गर्नुका साथै आधुनिक सीप, प्रविधि र ज्ञान प्रसारणमा पनि योगदान पुगिरहेको छ ।

याे तस्विर राससका लागि राजेन्द्रप्रसाद पनेरुले खिच्नुभएकाे हाे ।



प्रतिक्रिया दिनुहोस !