१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विभाजित शक्ति कहिल्यै पनि धर्तीमा स्थापित भएका छैनन्-महेश बस्नेत

प्रकाशित मिति :  ४ आश्विन २०७८, सोमबार ११:४५


काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सहिदको प्रेरणाबाट देशलाई समृद्धिको दिशामा लगिने बताउनुभएको छ ।

सहिद सूर्यनाथ रान यादवको ३६ औँ स्मृति दिवसको अवसरमा नेकपा एमले धनुषाले सोमबार आयोजना गरेको कार्यक्रमका बोल्दै नेता बस्नेतले सामन्तवादको अत्य र सुखी नेपालीको सपना पूरा गर्न एमाले लागि रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘हामी कम्युनिष्ट पार्टीको एकता अभियान चलाउन चाहन्छौँ ।’

उहाँले कम्युनिष्ट पार्टीलाई विभाजन गर्न खोज्नेलाई सम्झाइ बुझाइ फेरी एकताको अभियानमा अघि बढाउने बताउनुभयो । विभाजनकारी शक्तिलाई जनताले बहिष्कार गर्ने बस्नेतको भनाइ छ । ‘यदि यो एकतालाई भंग र विभाजित गरेर उहाँहरु जानुहुन्छ भने नेपाली जनताले उहाँहरुलाई बहिष्कार गर्नुहुन्छ, विभाजित शक्ति कहिल्यै पनि धर्तीमा स्थापित भएका छैनन्’, बस्नेतले भन्नुभयो ।

विभाजनकारी शक्ति कहिलेकाहीँ उत्तेजित ढंगले प्रस्तुत हुने भए पनि उनीहरुको आयु लामो नहुने उहाँले बताउनुभयो । नेपालको कम्युनिष्ट राजनीतिको मूल प्रवाहको भूमिका एमालेले नै खेलेको उहाँले बताउनुभयो ।

कम्युनिष्ट पार्टीलाई विभाजन गर्ने नियत बोकेर माधव नेपाल र प्रचण्ड हिँडेको उहाँको भनाइ छ । आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीको विभाजनले प्रतिक्रियावादी एक हुने अवस्था आउनुनहुने उहाँले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !