१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी पार्टी विघटन गरिदिए हुन्छ-प्रचण्ड

प्रकाशित मिति :  ४ आश्विन २०७८, सोमबार ११:३३


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पनि एमाले हुने डरले आफूहरुले पार्टी फुटाएको बताउनुभएको छ ।

माओवादी पार्टी पनि विस्तारै विस्तारै एमालेकरण भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘हामी क्रान्तिकारी भन्ने, माओवादी भन्ने, लोगो जस्तै भइयो, यही स्थिति रह्यो भने माओवादी पार्टी विघटन गरिदिए हुन्छ’, सूयनाथ रान यादवको स्मृति दिवसको अवसरमा माओवादीले पेरिसडाँडामा आयोजना गरेको कर्यक्रममा दाहालले भन्नुभयो ।

प्रचण्डले अहिले नेपालका सबै पार्टी एकै खालका भएको बताउनुभयो । माओवादी, एमाले कांग्रेस एकै खालका भएकाले जनताले फरक छुट्याउन नसकेको उहाँको भनाइ छ ।

एमालेमा झलनाथ, माधव लगायतका मानिसलाई आफूले फुटाउन सकेको भए पनि केही बैचारिक भनिएका नेता भने केपीसँग आत्मा समर्पण गरेर उतै लागेको उहाँले बताउनुभयो । उहाँहरु पछिसम्म पनि फुटकै पक्षमा रहे पनि एकाएक बदलिइको उहाँको भनाइ छ ।

माओवादी पार्टीले मात्र क्रान्तिलाई अघि बढाउन सक्ने उहाँले बताउनुभयो । देशलाई बदल्ने र सही दिशामा लैजाने शक्ति माओवादीसँग रहेको उहाँको भनाइ छ । अब वैद्य, बाबुराम भट्टराई, विप्लव, मोहनविक्रम लगायतका नेता एकै ठाउँमा आउनु पर्ने प्रचण्डले बताउनुभयो । ‘क्रान्ति, राष्ट्र र जनता प्रति इमान्दार सबै एकै ठाउँमा पुग्ने छौँ’, प्रचण्डले भन्नुभयो ।



प्रतिक्रिया दिनुहोस !