१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सभामुख सापकाेटाकाे ठक्याक्कै उल्टाे गतिविधि,प्रतिपक्षीलाई बेवास्ता गर्दै

प्रकाशित मिति :  ४ आश्विन २०७८, सोमबार ११:२६


काठमाडाैं । अघिल्लाे बैठकमा जस्तै आज पनि सभामुख अग्निप्रसाद सापकाेटाले प्रमुख प्रतिपक्षीकाे अवराेधबीच सदनकाे काम कारबाही अगाडि बढाउनुभयाे ।

सभामुख भनेकाे प्रतिनिधि सभाकाे नेता हाे । सत्ता र प्रतिपक्ष दुबैकाे साझा हाे । सभामुख कुनै दलको पक्षमा लाग्नुहुँदैन । सदनकाे मर्यादा र गरिमा जोगाउने काममा लाग्नुपर्छ ।

तर सभामुख सापकाेटाले भने ठक्याक्कै उल्टाे गतिविधि गर्दै आउनुभएकाे छ । सभामुख सापकाेटा सरकारकाे पक्षमा उभिदै आउनु भएकाे छ । प्रतिपक्षीलाई बेवास्ता गर्दै आउनुभएकाे छ । भेदभाव गर्दै आउनुभएकाे छ । पार्टीकाे आज्ञापालक कार्यकर्ता बन्नुभएकाे छ । जसरी भएपनि प्रतिपक्षीलाई पेलेरै जाने रणनीतिसहित उहाँले सदनका गतिविधि अगाडि बढाउनुभएकाे छ । प्रतिनिधि सभालाई झन‍्झन‍् घाइते बनाउदै लैजानु भएकाे छ । सभामुखका व्यवहारले नै यसकाे पुष्टि गरेकाे छ ।

ताेकिएकाे समयभन्दा केही मिनेट ढिलाे गरी आज प्रतिनिधि सभा बैठक सुरु भयाे । सभामुखले सदनकाे कारबाही सुरु गर्नै लाग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् राेष्टममा आएर नाराबाजी गर्न थाले । सभामुखले त्यसमा कुनै प्रतिक्रिया जनाउनुभएन । न त प्रतिपक्षीलाई बस्न आग्रह गर्नुभयाे । न त नाराबाजी राेक्न भन्नुभयाे । बरु प्रतिपक्षीलाई नदेखे जस्तैगरी कार्यसूची अगाडि बढाउनुभयाे ।

नाराबाजी र हाेहल्लाबीच सदनकाे काम अगाडि बढिरह्याे । याे द‍ृश्यले प्रतिनिधि सभा घाइते बनेकाे प्रष्टै देखियाे । सभामुखले दफावार छलफलसहितका कार्यसूचीलाई सभामुखले नाम मात्रकाे दफादार अनुसार अगाडि बढाउनुभयाे । सभामुखकाे हाउभाउले नै प्रष्ट पार्थ्याे कि उहाँलाई हतार छ । जसरी पनि सदन चलाउनुपर्छ । जसरी पनि सत्तापक्षलाई सहयाेग गर्नुपर्छ । जसरी पनि प्रतिपक्षलाई पेल्नुपर्छ । साेही अनुसार आज बैठककाे सुरुदेखि अन्त्यसम्म सभामुख लाग्नुभयाे । राेष्टममा उभिएका प्रमुख प्रतिपक्षी सांसद्लाई अनदेखा गर्नुभयाे ।

प्रतिपक्षीकाे नाराबाजीबीच सभामुखले विनियाेजन विधेयक, २०७८ माथिकाे छलफल अगाडि बढाउनुभयाे । सभामुखले सांसद् प्रेम सुवाललाई विनियोजन विधेयक अन्तर्गतका विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पेस गर्दै छलफलमा भाग लिन आग्रह गर्नुभयाे । छलफलमा बाेल्दै सांसद् सुवालले विनियाेजन विधेयकमाथि एक महिना छलफल हुने भएपनि १० मिनेटमा छलफल सक्न खाेज्नु सदन देश र जनताप्रति जिम्मेवार छैन भन्ने देखाएकाे सुवालले बताउनुभयाे । सुवालले भनेजस्तै विनियाेजन विधेयक प्रतिपक्षीकाे आखा छल्दै चाँडाे भन्दा चाँडाे पारित गर्नुपर्ने रणनीति सरकारकाे थियाे । सरकारकाे रणनीति पूरा गर्न सभामुखलाई हतार देखिन्थ्याे ।

सुवालले बाेल्नसाथ मन्त्रालयगत छलफलका लागि नाम टिपाउन अन्य सांसद्लाई सभामुखले आग्रह गर्नुभयाे । तर अन्य कुनै पनि सांसद्ले नाम टिपाएनन् । किनकी सत्तापक्ष छलफलमा अल्झन चाँहादैनथियाे भने प्रतिपक्ष विराेधमा थियाे ।

सभामुखले छलफल सकिएकाे घाेषणा गर्नुभयाे । एमाले सांसद्ले लगातार नारा लगाइरहे । सभामुखले कार्यसूची अगाडि बढाइरहनुभयाे । विधेयकमाथिकाे छलफलमा उठेका प्रश्नकाे जवाफ दिन सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई समय दिनुभयाे । हतारमा देखिनुभएका अर्थमन्त्रीले सुवालका प्रश्नकाे छाेटाेमा जवाफ दिनुभयाे । त्यसपछि सभामुखले अर्थमन्त्रीकाे जवाफमा स्पष्टिकरण माग गर्न समय दिनुभयाे । छलफलमा सुवालमात्र सहभागी हुनुभएकाले उहाँले मात्रै स्पष्टिकरण माग गर्नुभयाे ।

त्यसपछि सुवालकाे स्पष्टिकरणबारे जवाफ दिन सभामुखले फेरि अर्थमन्त्रीलाई समय दिनुभयाे । अर्थमन्त्रीले स्पष्टिकरण दिनुभयाे । सभामुखले विनियाेजन विधेयमाथिकाे दफादार छलफल समाप्त भएकाे घाेषणा गर्नुभयाे । खर्च कटाैतीकाे प्रस्ताव फिर्ता लिन सभामुखले सांसद् सुवाललाई समय दिनुभयाे । सुवालले फिर्ता लिन नसक्ने बताएपछि सभामुखले साे प्रस्ताव निर्णयार्थ पेस गर्नुभयाे । त्यसपछि सभामुखले प्रेम सुवालकाे साे प्रस्ताव बहुमतले अस्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।

यसबीचमा एमाले सांसद्ले नाराबाजी राेकेनन् । तर सभामुखले नसुनेझै गरिरहनुभयाे । सभामुखले अर्थमन्त्रीले विधेयकअन्तर्गत विभिन्न दफामा समावेश गर्नुभएकाे संशाेधनलाई स्वीकृतिका लागि निर्णयार्थ पेस गर्नुभयाे । साे प्रस्ताव पनि बहुमतले स्वीकृत भएकाे घाेषणा सभामुखले गर्नुभयाे । त्यसपछि सभामुखले अर्थमन्त्रीले पेस गर्नुभएकाे स्वीकृत संशाेधनलाई विनियाेजन विधेयक, २०७८ काे अंग बनाेस् भन्दै निर्णयार्थ पेस गर्नुभयाे । सभामुखले स्वीकृत संशाेधन बहुमतले विनियाेजन विधेयक ०७८ काे अंग बनेकाे घाेषणा गर्नुभयाे । त्यसपछि उहाँले विनियाेजन विधेयककाे दफा २ देखि ११ सम्म र साेसँग सम्बन्धित अनुसूची १ र २ विनियाेजन विधेयक ०७८ अंग बनाेस भन्दै निर्णयार्थ पेस गर्नुभयाे । विधेयककाे दफा २ देखि ११ सम्म र साेसँग सम्बन्धित अनुसूची १ र २ विनियाेजन विधेयक ०७८ अंग बनेकाे घाेषणा सभामुखले गर्नुभयाे ।

त्यसपछि सभामुखले साे विधेयककाे प्रस्तावना प्रस्तुत गरेर निर्णयार्थ पेस गर्नुभयाे । विधेयककाे प्रस्तावना र नाम विनियाेजन विधेयककाे अंग बनेकाे घाेषणा गर्नुभयाे । विनयाेजन विधेयक पारित गरियाेस् भनि प्रस्ताव प्रस्तुत गर्न सभामुखले अर्मन्त्रीलाई समय दिनुभयाे । अर्थमन्त्रीले पेस गरेपछि सभामुखले निर्णयार्थ पेस गर्नुभयाे । त्यसपछि उहाँले साे विधेयक बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।

आर्थिक विधेयकमाथि विचार गरियाेस् भन्ने प्रस्ताव पेस गर्न सभामुखले अर्थमन्त्रीलाई समय दिनुभयाे । अर्थमन्त्रीले पेस गरेपछि सभामुखले विधेयकमाथि सामान्य छलफल सुरु भएकाे बताउनुभयाे । साे विधेयकमाथिकाे छलफलमा भाग लिन सभामुखले समय दिनुभयाे । त्यसमा पनि प्रेम सुवालले मात्र भाग लिनुभयाे । छलफलमा उठेका प्रश्नकाे जवाफ दिन सभामुखले अर्थमन्त्रीलाई समय दिनुभयाे । त्यसपछि विधेयकमाथिकाे छलफल त्यही सकिएकाे सभामुखले बताउनुभयाे । आर्थिक विधेयमाथि विचार गरियाेस् भन्ने प्रस्ताव सभामुखले निर्णयार्थ पेस गर्नुभयाे । प्रतिनिधि सभा नियमावली अनुसार आर्थिक विधेयकमाथिकाे दफादार छलफलका लागि असाेज ७ गतेकाे समय ताेकेकाे सभामुखले बताउनुभयाे ।

सभामुखले राष्ट्र ऋण उठाउने विधेयक पेस गर्न अर्थमन्त्रीलाई समय दिनुभयाे । अर्थमन्त्रीले विधेयक पेस गरेसँगै सभामुखले आर्थिक विधेयकमाथि सामान्य छलफल सुरु भएकाे बताउनुभयाे । छलफलमा प्रेम सुवालले भाग लिनुभयाे र अर्थमन्त्रीले त्यसकाे जवाफ दिनुभयाे । सभामुखले साे विधेयक निर्णयार्थ पेस गर्नुभयाे । त्यसपछि सभामुखले बहुमतले विधेयक स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।



प्रतिक्रिया दिनुहोस !