१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संखुवासभामा एकै परिवारका ६ जनाकाे हत्या

प्रकाशित मिति :  २१ भाद्र २०७८, सोमबार ०८:३१


काठमाडाैं । संखुवासभामा एकै परिवारका ६ जनाकाे हत्या भएकाे छ ।

मादी नगरपालिका-१ को उम्लिङमा एकै परिवारका ६ जनाकाे धारिलाे हतियार प्रहार गरी हत्या भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभामा डीएसपी लालध्वज सुवेदीले सनराइज खबरलाई जानकारी दिनुभयाे । ‘एकै परिवारका ६ जनालाई धारीलाे हतियारले काटेकाे भन्ने खबर आएकाे छ, हामी त्यसतर्फ जाँदैछ’ – डीएसपी सुवेदीले भन्नुभयाे ।

प्रहरी टाेली अहिले चैनपुर पुगेकाे भन्दै उहाँले घटनास्थल पुग्न अझै करिब ३ घण्टा लाग्ने जानकारी दिनुभयाे । घटनास्थल पुगेपछि मात्र यसबारे विवरण दिन सकिने उहाँले बताउनुभयाे ।

स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेकाे मादी-१ का वडाध्यक्ष खेमनाथ कटुवालले सनराइज खबरलाई जानकारी दिनुभयाे । ५८ वर्षीय तेजबहादुरसहित उहाँकी ८४ वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाती दीपक कार्की र ३ वर्षीया नातिनी गोमा कार्कीकाे शव हत्या भएकाे अवस्थामा भेटिएकाे उहाँले बताउनुभयाे ।

घटनाकाे जानकारी पाउनासाथ स्थानीयले प्रहरीलाई खबर गरेका उहाँले बताउनुभयाे । वडाध्यक्ष कटुवालका अनुसार हत्याका भएकाहरुमध्ये कसैकाे खाेल्सामा कसैकाे सडकमा कसैकाे घरमा भेटिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !