१२ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नवलपरासी हुप्सेकोटमा पहिरो, तीन जना बेपत्ता

प्रकाशित मिति :  ११ भाद्र २०७८, शुक्रबार ०६:५७


काठमाडौं । नवलपसासी पूर्वको हुप्सेकोट गाँउपालिका–४ माथिल्लो चारघरेमा पहिरोले पुरिएर तीन जना वेपत्ता भएका छन् ।

शुक्रबार अविरल वर्षाको कारण आएको पहिराले स्थानीय ५० वर्षका हस्तबहादुर पुलामीको घर पुर्दा उहाँकी पत्नी र दुई जना नातिनी वेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

वेपत्ता हुनेमा ४० वर्षकी धनमाया पुलामी, सात वर्षकी भुमिसरा पुलामी र ६ वर्षकी देउमाया पुलामी रहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर हस्तबहादुर पुलामी समेत घाइते हुनुभएको छ । पुलामीको घाइते अवस्थामा स्थानीयले उद्दार गरेका थिए ।

पुरिएकोको नेपाल प्रहरी, सशस्त्र प्रहरी  र स्थानीयले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !