१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अफगानिस्तानको हेल्मान्डमा ४५ लडाकू मारिए

प्रकाशित मिति :  २८ श्रावण २०७८, बिहीबार ११:१२


काबुल । अफगानिस्तानको हेल्मान्ड प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकू मारिएका छन् । सो घटनामा परी अरु २२ जना घाइतेसमेत भएको सुरक्षा अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

‘हेल्मान्ड प्रान्तको नाहर सराज जिल्लामा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकू मारिएका छन् भने २२ घाइते भएको,’रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

घटनास्थलबाट सुरक्षाकर्मीले यातायातका साधन, विस्फोटक पदार्थलगायत लडाकूले प्रयोग गर्दै आएका महत्वपूर्ण सामग्री नियन्त्रणमा लिएका छन् ।

त्यसैगरी बल्ख प्रान्तमा पनि अरु २७ लडाकू मारिनुका साथै चार घाइते भएको रक्षा मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

त्यसैगरी हेरात प्रान्तमा पनि २१ तालिवान लडाकू सुरक्षा कारबाहीका क्रममा मारिएको ती सुरक्षा अधिकारीले जनाएका छन् ।

तालिवान लडाकूले देशका विभिन्न क्षेत्रमा हिंसात्मक क्रियाकलाप बढाएका छन् भने सरकारी सुरक्षाकर्मीले पनि त्यसका जवाफी सुरक्षा कारबाही चलाएका छन् ।
–रासस



प्रतिक्रिया दिनुहोस !