१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

झुटो विवरण पेस गरी नागरिकता लिएका बाबुछोरी प्रकाउ

प्रकाशित मिति :  १५ श्रावण २०७८, शुक्रबार ०१:५१


पर्सा । झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएका नक्कली बाबुछोरीलाई पर्सा प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा पर्साका ५१ वर्षीय धुरुप प्रसाद पटेल र भारतीय महिला २८ वर्षीया सीता पटेल रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । धुरुपले नक्कली बुबा बनेर सीताकाे नागरिकता बनाइदिएका थिए ।

सीता पटेलले कविता कुमारीको नामबाट झुट्टा विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको भन्ने सूचना प्राप्त हुँनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टाेलीले उनीहरुलाई नागरिकतासहित पक्रेकाे हाे । सीताले झुटो विवरण पेस गरी ०७० पुस ११ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट लिएको नागरिकता ना.प्र.नं. ३४–०१–७०–१०३५२ रहेको प्रहरीले जनाएकाे छ ।

अभियुक्त सीताले बनाएको नागरिकतामा धुरुपले छोरी बनाई सनाखत गरिदिएका थिए । दुबैलाई नागरिकतासम्बन्धी कसुरमा अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !