११ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

टोकियो ओलम्पिक : नेपालका पौडी खेलाडी एलेक्स शाहको प्रतिष्पर्धा आज, जापान शीर्ष स्थानमा

प्रकाशित मिति :  १२ श्रावण २०७८, मंगलवार ०६:२८


काठमाडाैं । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स)ले आज प्रतिस्पर्धा गर्दैछन् ।

एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपाली समय अनुसार दिउँसो पाैने ४ बजे टोकियो एक्वेटिक सेन्टरमा एलेक्सकाे खेल सुरु हुनेछ ।

सात खेलाडी रहेको हिट वानमा एलेक्स छैटाैँ लेनमा छन् । हिट १ मा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडी छन् ।

पाैडीतर्फ नेपालकी गाैरीका सिंह पनि खेल्दै छिन् । गाैरीकाकाे खेल भाेलि छ । गौरिकाले पनि महिला एक सय मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गर्दै छिन् ।

जारी ओलम्पिकमा आयाेजक जापान आठ स्वर्णपदकसहित शीर्ष स्थानमा छ । जापानले अहिलेसम्म ८ स्वर्ण, २ रजत र ३ कास्यसहित १३ पदक जितिसकेकाे छ ।

अमेरिका दाेस्राे स्थानमा छ । अमेरिकाले अहिलेसम्म ७ स्वर्ण, ३ रजत र ४ कास्यसहित १४ पदक जितेको छ । ६ स्वर्ण जितेकाे चीन तेस्रो स्थानमा छ । चीनले अहिलेसम्म ६ स्वर्ण, पाँच रजत र सात कास्यसहित १८ पदक जितेको छ ।

 



प्रतिक्रिया दिनुहोस !