१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाली फुटबल टाेलीका मुख्य प्रशिक्षकद्धारा राजीनामाको घोषणा

प्रकाशित मिति :  १० श्रावण २०७८, आईतवार ०९:००


काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने घोषणा गर्नुभएकाे छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण आफूले राजीनामा दिएको अल्मुताइरीले आज फेसबुकमा उल्लेख गर्नुभएकाे छ । ‘प्रिय नेपाली फ्यानहरु ! ३ सातायता हरेक दिन वरिष्ठ उपाध्यक्षले ममाथि नाटक गरिरहेका कारण म एन्फालाई राजीनामा दिँदैछु, मलाई आशा छ पंकज नेम्वाङ तपाईं खुशी हुनुहुनेछ’- अल्मुताइरीले लेख्नुभएकाे छ ।

अलमुताइरी ०७७ चैतमा नेपालको मुख्य प्रशिक्षक नियुक्त हुनुभएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !