१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टोकियो ओलम्पिकको उद्घाटन आज

प्रकाशित मिति :  ८ श्रावण २०७८, शुक्रबार ०५:४७


काठमाडाैं । ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ ।

जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिककाे औपचारिक उद्घाटन हुन लागेकाे हाे । नेपाली समय अनुसार आज अपरान्ह ४ बजेपछि टोकियोस्थित राष्ट्रिय रंगशालामा ‘युनाइटेड बाई इमोसन’ थिममा ओलम्पिक उद्घाटन हुनेछ ।

ओलम्पिक खेलकुदलाई विश्व खेलकुदको कुम्भमेलाका रुपमा लिइन्छ । काेभिड महामारीका कारण याे कुम्भ मेला प्रभावित भएकाे छ । विगत वर्षहरुमा जस्ताे तडक भडक र दर्शककाे सहभागीता हुने छैन ।

उद्घाटन समारोहको मार्च पासमा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले नेपालको राष्ट्रिय झण्डा बोक्ने छन् । प्रतियाेगितामा सहभागी हुन नेपालबाट खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेकाे छ । प्रतियाेगितामा नेपालका ५ खेलाडी सहभागी हुँदै छन् । नेपाल पहिलोपल्ट सन् १९६४ मा टाेकियाेमै भएकाे ओलम्पिकमा सहभागी भएको थियो ।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । काेभिड महामारीकाे जाेखिमका कारण ओलम्पिक प्रतियोगिता स्थगित गर्नुपर्ने आवाज उठिरहेका बेला प्रतियोगिता हुन लागेको हो । यद्यपि काेभिड बिनादर्शन प्रतियाेगिताका खेलहरु खेलाइनेछ । गत वर्ष पनि काेभिडकै कारण प्रतियाेगिता राेकिएकाे थियाे ।

याे ओलम्पिकका लागि ३३ खेल तय भएकाे छ । ३३ खेलमा ३ सय ३९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !