१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जीवन विकास लघुवित्तको आइपिओ बाँडफाँट

प्रकाशित मिति :  २३ असार २०७८, बुधबार ०६:२९


काठमाडौं । जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २० लाख ८७ हजार तीन सय १७ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ६९ हजार नौजनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । उनसत्तरी हजार नौजनाको आवेदनमध्ये केहीको आवेदन अयोग्य भएको र केहीको आवेदन रद्द भएको क्यापिटलले जनाएको हो ।

आवेदन गरेका मध्येबाट २० लाख १८ हजार तीन सय आठ जना आवेदक योग्य रहेका छन् । मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उक्त आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँट गरेको थियो ।

सोअनुसार गोलाप्रथाबाट एक लाख ८४ हजार आठ सय एक जनाले १० कित्ता शेयर पाएका छन् भने पाँचजनाले ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएकामध्ये १९ लाख दुई हजार पाँच सय १६ आवेदकले शेयर पाएनन् ।

कम्पनीले एक सय अंकित दरका १९ लाख ७७ हजार तीन सय रुपैयाँ कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो । त्यसमध्ये जारी पूँजीको पाँच प्रतिशत अर्थात् ३० हजार चार सय २० कित्ता शेयर कर्मचारीका लागि र कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ९८ हजार आठ सय ६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।

आइपिओको नतिजा मेरोशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

–रासस



प्रतिक्रिया दिनुहोस !