७ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माथिल्लाे तामाकाेशीले राष्ट्रिय आत्मविश्वास बढाएकाे छ – प्रम ओली

प्रकाशित मिति :  २१ असार २०७८, सोमबार १२:४२


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लाे तामाकाेशी जलविद्युत आयाेजना सम्पन्न भइ विजुली उत्पादन हुनु ज्यादै खुशीकाे क्षण भएकाे बताउनु भएकाे छ ।

माथिल्लाे तामाकाेशी जलविद्युत आयाेजनाकाे उद्घाटन समाराेहलाई बालुवाटारबाट सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले दाेलखाबासीलाई बधाई पनि दिनुभयाे । याे आयाेजना सम्पन्न भएसँगै उर्जा क्षेत्रकाे आत्मविश्वास बढेकाे बताउँदै उहाँले भन्नुभयाे – ‘यसले उर्जा क्षेत्रकाे आत्मविश्वास बढाएकाे छ, त्यति मात्र हाेइन राष्ट्रिय आत्मविश्वास बढाएकाे छ, किनकी हामी हाम्रै बलबुतामा पनि विकास गर्न सक्छाैं, थुप्रै काम गर्न सक्छाैं भन्ने प्रमाणित भएकाे छ ।’

याे आयाेजनाका आर्थिक प्राविधिक लगायत कैयाैं फाइदा रहेका बताउनुभयाे । साे आयाेजनाबाट दाेलखाबासी मात्र नभएर देशबासी नै लाभान्वित हुने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘विकास हामी सबैकाे साझा आवश्यकता हाे, विकासकाे सफलता हामी सबैकाे सफलता हाे, यसले उत्पादन गरेकाे बिजुली ढल्केवरमा गएर देशका सबै ठाउँमा वितरण हुन्छ, निर्यातका लागि पनि अनुकूल हुन्छ ।’



प्रतिक्रिया दिनुहोस !