१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रमद्वारा माथिल्लाे तामाकाेशीकाे उद्घाटन

प्रकाशित मिति :  २१ असार २०७८, सोमबार १२:१४


काठमाडाैं । माथिल्लो तामाकाेशी जलविद्युत आयोजनाले आजदेखि बिजुली उत्पादन थालेकाे छ

कुल ४ सय ५६ मेगावाट क्षमताको साे आयोजनाले पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्न लागेको हो । बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी आयाेजना स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्चुअल माध्यमबाट साे आयोजनाको उद्घाटन गर्नुभएकाे छ ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २ सय २० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सबस्टेशनमा जोडिएको छ ।

आयोजनाले यही असार मसान्तभित्रै १ सय ५२ मेगावाट बिजुली उत्पादन गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !