४ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

टोरन्टाे नेपाली स्पोर्टस क्लबद्धारा बाल फुटबल प्रशिक्षण सुरु, दुई महिनासम्म चल्ने

प्रकाशित मिति :  २० असार २०७८, आईतवार ०३:४९


क्यानडा । टोरन्टाे नेपाली स्पोर्टस क्लबले बाल फुटबल प्रशिक्षण, २०२१ आयाेजना गरेकाे छ ।

टोरन्टोको डेन्टोनिया पार्कमा आयाेजना गरिएकाे प्रशिक्षण कार्यक्रमको यही जुलाई ३ मा पूर्व-याेर्क क्यानाडाका सांसद् नथनेल एस्क्राइन स्मिथले उद्‍घाटन गर्नुभएकाे छ । सांसद् स्मिथले बललाई लात हान्दै पोस्टमा प्रहार गरेर खेलको उद्घाटन गर्नुभएकाे थियाे ।

दुई महिना सम्म चल्ने प्रशिक्षणमा ७ देखि १४ बर्षका ८० जना बालबालिका सहभागी छ्न । ८० जना बालबालिकालाई चार समूहमा विभाजित गरेर प्रशिक्षणमा सहभागी गराइएकाे आयाेजक टोरन्टाे नेपाली स्पोर्टस क्लबले जनाएकाे छ ।

बालबालिकाहरुलाई आशीष पौडेल, राघव ढुंगाना, प्रेरित आचार्य र बबिन्सन बटालाले प्रशिक्षण दिनुहुने छ । प्रशिक्षकहरुलाई क्यानाडा ग्रीष्म रोजगार कार्यक्रम अन्तर्गतको कोषबाट रकम दिनेगरी ल्याइएकाे थियाे । स्वयंसेवक कोच र हेड कोचकाे भूमिका क्रमश: प्रकान्त श्रेष्ठ र बिराज ढुंगानाले गर्नुहुनेछ ।

कार्यक्रमका संयाेजक दीपेन्द्र जंग केसीले सहभागीहरुलाई सुन्दर मन्तव्यमार्फत स्वागत गर्नुभएकाे थियाे । उद्घाटन कार्यक्रममा बोल्दै एनआरएन अध्यक्ष चिरञ्‍जीवी घिमिरेले टीएनएससीलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा बिच ईस्ट योर्क क्यानाडाका संसद् नथनिएल एरिसकाइन ‍‍स्मिथले कार्यक्रमको सफलताको शुभकामना दिनुभयो । टीएनएससीले उहाँलाई मायाको चिनो स्वरुप नेपाली ढाका टोपी प्रदान गरेकाे थियाे । बिच ईस्ट योर्क, क्यानाडाका तर्फबाट बोल्दै संसद् नथनिएल एरिसकाइन स्मिथले कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।

होम लाइफ रियल्टीका तर्फबाट सुनंदा सुवेदी, कर्ण बटाला, हेम पाण्डेले टीएनएससीका संयोजक दीपेन्द्र जंग केसीलाई सहयाेग हस्तान्तरण गरिएको थियो । टीएनएससीले सबै दाता प्रति आभार व्यक्त गर्दै हप्ता र महिनाको दाता छनोट गरि सामाजिक सञ्जाल मार्फत प्रकाशित गर्ने बताइएको छ ।

टिएनएससी सदस्य रविन्द्र लम्साले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे । कार्यक्रमलाई कोभिडको सतर्कताका लागि मेडिकल डेस्क संयाेजक तुल्सी पाठकले गर्नुभएकाे थियाे ।

कार्यक्रममा एनआरएन क्यानाडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, बाग्लुङ सेवा समाजका भाबी न्यौपाने, श्रीञ्जनसिल नेपाली समाजका प्रतिनिधि चन्द्र पन्थी, एनसीसीएस टोरन्टोका अध्यक्ष विदुर केसी, एनसीडब्ल्यूएका सुशीला भण्डारी, क्यानाडाली क्रिकेट कल्बका अध्यक्ष किरोज श्रेष्ठ र प्रतिनिधि तथा अभिभावकको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस !