१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाली फुटबल टाेलीले सिधै एसियन कपको तेस्रो चरण खेल्ने

प्रकाशित मिति :  २ असार २०७८, बुधबार ०९:४५


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले सिधै एसियन कप २०२३ को तेस्रो चरण खेल्न पाउने भएकाे छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले नियम परिवर्तन गरेसँगै नेपाल एसियन कपको तेस्रो चरणमा सिधा पुग्न सफल भएको हाे । एसियन कपको आयोजक चीन र विश्व कपको आयोजक कतारले विश्व कप छनोट तथा एसियन कपमा ठाउँ बनाएपछि हरेक समूहको चौथो ठाउँमा रहने टोली सिधै तेस्रो चरणमा पुगेका हुन् ।

फिफा विश्वकप छनोटको दोस्रो चरणका खेल सकिएसँगै एसियन कपमा छनोट हुने र प्ले अफ खेल्ने टोलीको टुंगाे लागेको हो । दोस्रो चरणको छनोटमा समूहमा उत्कृष्ट ४ भित्र पर्न नसकेका दोस्रो भएका ३ टाेली, समूहमा तेस्रो र चौथो भएका १६ टाेली र पाँचौ भएका उत्कृष्ट ३ टाेली गरी २२ टाेलीलाई सिधा तेस्रो चरणमा प्रवेश दिने निर्णय एएफसीले गरेको हो ।

विश्वकप छनोट २०२२ र एसियन कप छनोट २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौथो स्थानमा रहेको थियो । नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । तर एएफसीले बनाएको नयाँ नियमका कारण नेपाल सिधै एसियन कप छनोटको तेस्रो चरणमा पुगेकाे हाे । यसअघि छनोटको चौथो स्थानमा रहेको टाेलीले प्ले अफ खेल्नुपर्ने नियम थियो । दोस्रो चरणमा चाइनिज ताइपेईलाई हराएकाे नेपाल ६ अंकसहित अंक तालिकाकाे चाैथाे स्थानमा थियाे ।

नयाँ नियमसँगै चौथो स्थानमा रहने ८ टाेलीले सिधै तेस्रो चरणमा प्रवेश पाएका छन् । नेपाल जस्तै भाग्यमानी बन्ने टाेलीमा ताजकिस्तान, उज्वेकिस्तान, कुवेत, बहराइन, तुर्केमिस्तान, जोर्डन, प्यालेस्टाइन, मलेसिया, फिलिपिन्स र कीर्गिस्तान छन् । भारत, थाइल्यान्ड, सिंगापुर, मंगोलिया, अफगानिस्तान, हङकङ, माल्दिभ्स, श्रीलंका, नेपाल, म्यानमार, यमन र बंगलादेशले पनि सिधा तेस्राे चरण खेल्न पाउने भएका छन् ।

छनोटको पाँचौं स्थानमा रहेको टाेलीले भने प्लेअफ खेल्नुपर्नेछ ।

 



प्रतिक्रिया दिनुहोस !