१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालले आज विश्वकप छनोटका लागि चाइनिज ताइपेईसँग खेल्दै

प्रकाशित मिति :  २० जेष्ठ २०७८, बिहीबार ०३:४५


काठमाडाैं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्दैछ ।

विश्‍वकप र एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरण आजदेखि कुवेतमा सुरु हुन लागेकाे हाे । नेपालले दोस्रो चरणको आफ्नो पहिलो खेल आज चाइनिज ताइपेईसँग खेल्न लागेकाे हाे ।नेपाल र चाइनिज ताइपेईबीचकाे खेल कुवेतको कुवेत सिटीमा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

यसअघि भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० ले हराएको थियो । नेपाल जोर्डन र अष्ट्रेलियासँग भने हारेको थियो । नेपाल समूह चरणमा तीन अंकसहित चौथो स्थानमा छ । अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ ।

नेपाललाई विश्वकप छनोटको तेस्राे चरणमा पुग्‍न कठिन छ । बाँकी खेलमा जित निकाल्दै एसिया कप छनोटको तेस्रो चरणमा ठाउँ बनाउने माैका भने नेपालकाे कायमै छ । नेपालले जेठ २४ गते जोर्डनसँग र जेठ २८ गते अष्ट्रेलियासँग खेल्न तालिका तय छ ।

नेपाली राष्ट्रिय फुटबल टाेली जेठ २९ गते स्वदेश फर्कने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस !