१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब कक्षा ८ बाटै नेपालकाे नक्सा

प्रकाशित मिति :  २१ माघ २०७७, बुधबार ११:२२


काठमाडाैं । लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटिएको नेपालको नयाँ नक्सा कक्षा-८ र कक्षा ११ को पाठ्यक्रममा समावेश गरिएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा कक्षा-८ र ११ को पाठ्यक्रममा समावेश गरिएकाे जानकारी दिनुभएकाे हाे ।

भारतले अतिक्रमण गरेकाे लिम्पियाधुरा, लिपुलेक, कालापानी, कुटी, नाभी लगायत भूमि समेटेकाे नयाँ नक्सा जारी गरेर संविधान संशाेधन गरी पारित भएकाे थियाे ।

योसँगै लिपुलेक, लिम्पियाधुरा समेटेर सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले आफ्नै किताबमा पढ्न र हेर्न पाउने छन् ।



प्रतिक्रिया दिनुहोस !