१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सातौ दिनसम्म सवा लाख भन्दा बढीले लगाए कोरोनाको खोप

प्रकाशित मिति :  २१ माघ २०७७, बुधबार ०८:०८


काठमाडौं । खोप अभियानको सातौदिन सम्ममा २ सय १ बुथबाट १ लाख २८ हजार ६सय ५० जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले हालसम्म खोपलगाएका कुनैपनि व्यक्तीमा गम्भीर लक्षण नदेखिएको जनाएका छन् ।
मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले सामान्य लक्षण देखिएमा केहिसमय पछि आफै हराएर जाने बताउनु भएको छ ।सुन्निने, दुख्ने वा रातो हुने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांसपेशी वा जोर्नी दुख्ने, बान्ता आउने आदि हुन सक्छ ।



प्रतिक्रिया दिनुहोस !