८ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सस्तोमा सामान दिन्छाै‌ं भन्दै ठग्ने दुई पक्राउ

प्रकाशित मिति :  २१ माघ २०७७, बुधबार ०६:०२


काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा झुठाे विज्ञापन गर्दै सस्तोमा समान बेचेर ठगी गर्ने दुई जनालाई पक्रेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले पर्साका अजय भनिने प्रमोद साह र पर्साकै मेवालाल साह तेलीलाई पक्रेको हो । प्रहरीले प्रमोदलाई पर्सा र मेवालाललाई काठमाडौंबाट पक्रेकाे हाे । उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

उनीहरुले विभिन्न इलेक्ट्रोनिक सामान (कम्प्युटर, मोबाइल, घडी, ल्यापटप लगायत) बजार मूल्य भन्दा कम मूल्यमा डेलिभरी गराउने भनेर फेसबुकमा विज्ञापन राख्ने र ठगी गर्ने गरेको प्रहरीकाे ठहर छ ।

विभिन्न व्यक्तिलाई लोभलालचमा पारी रकम डिपोजिट गर्न लगाउने, रकम पाएपछि सम्पर्कबिहीन हुने र सामान पनि डेलिभरी नगराइ ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।



प्रतिक्रिया दिनुहोस !