१२ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्पिनर आश्विन आइपिएलबाट बाहिर

प्रकाशित मिति :  १३ बैशाख २०७८, सोमबार ०९:४३


नयाँदिल्ली । भारतीय क्रिकेटक हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गर्नु भएको छ ।

परिवारका सदस्यहरु कोभिड–१९ को संक्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताउनु भएको हो ।
स्पिनर आश्विनले यसपटक दिल्ली क्यापिटल्सबाट खेल्दै हुनुहुन्छ ।

आश्विनले गर्नु भएको ट्वीटमा ‘अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेदारी हो’ भन्नु भएको छ ।

भारतमा कोरोनाभाइरसको महामारी तिब्र रुपमा फैलिएको अवस्थामा आइपिएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ ।
दिल्ली क्यापिटल्सले आश्विनको निर्णयप्रति समर्थन जनाएको छ ।

यसैबीच, रोयल च्यालेन्जर्स बैंगलोरमा अनुबन्धित केन रिचर्डसन र एडम जाम्पाले पनि कोभिड–१९ को संक्रमणकाे कारण देखाउँदै चालू लिगमा सहभागिता नजनाउने भन्दै स्वदेश फर्किएका छन् ।

– रासस



प्रतिक्रिया दिनुहोस !