१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मापसे गरी सवारी चलाउनेमाथि निगरानी बढाउँदै झापा प्रहरी

प्रकाशित मिति :  २१ माघ २०७७, बुधबार ०५:००


काठमाडौं । अत्याधिक मापसे गरी सवारी चलाउने चालकलाई जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो समय धमाधम कानूनी दायरमा ल्याएको छ ।

सवारी दुर्घटनाहरु बढी हुने, सवारी चालकहरुले अत्याधिक मापसे गरी तीव्र गतिमा सवारी चलाउने तथा यात्रुहरुसँग समेत दुर्व्यवहार गरेको सूचनाको आधारमा उनीहरुलाई कारवाही गरिएको कार्यालयका प्रवक्ता डीएसपी राकेश थापाले सनराइज खबरलाई जानकारी दिनुभयो ।

उहाँले दिनुभएकाे जानकारी अनुसार गत माघ १ देखि १५ सम्म चार जनालाई पक्राउ गरिएकाे छ ।

माघ १ मा झापा मेचीनगर–१३ स्थित चारआलीमा मापसे गरी तीव्र गतिमा बस चलाउने मेचिनगर–६ का चालक ४० वर्षीय धुव्र मगरलाई कार्यालयले नियन्त्रणमा लिएको थियो । यसैगरी माघ ७ मा सोही सडकमा मापसे गरी तीव्र गतिमा ट्रिप्पर चलाउने बुद्धशान्ती गाउँपालिका–७ का ३५ वर्षीय तारा बहादुर कामीलाई पक्रेको थियो ।

यसैगरी बिहीबार मात्र सोही सडकमा मापरी गरी ट्याक्सी चलाउने इलामका ३८ वषीय रेश बहादुर कुँवरलाई पक्रेको थियो । साथै बिहीबार नै मापसे गरी तीव्र गतिमा एम्बुलेन्स चलाउने ३० वर्षीय तेज बहादुर बिकलाई पक्राउ गरिएकाे डीएसपी थापाले जानकारी दिनुभयाे ।

उनीहरुमाथि अभद्र व्यवहार मुद्दामा कारवाही अघि बढाइएको उहाँले बताउनुभयाे ।

पछिल्लाे समय कार्यालयले छोटो दुरीको सवारी साधनलाई विशेष निगरानी बढाउँदै मापसे चेकिङलाई तिव्रता दिएको उहाँकाे भनाई छ । यसबाट दुर्घटना न्यूनीकरणमा सहयता पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।



प्रतिक्रिया दिनुहोस !