८ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चौबिसकोठीमा फहराइयो ६५ फिट अग्लो राष्ट्रिय झण्डा

प्रकाशित मिति :  २१ माघ २०७७, बुधबार ०४:५५


काठमाडौं । चितवनको भरतपुर स्थित चौबिसकोठी चोकमा शुक्रबार ६५ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । सहिद दिवसको अवसर पारेर विभिन्न सामाजिक संस्थाको अगुवाईमा झण्डोत्तोलन गरिएको हो ।

हेल्प फर ह्यापिनेस संस्थाको आयोजना तथा रोटरी क्लब अफ मिड टाउन र रोट्याक्ट क्लब अफ मिड टाउनको सहआयोजनामा आइल्याडमा झण्डा जडान गरिएको हो ।

चौबीसकोठी चोकमा झण्डा फहराउनका लागि ६५ फिट अग्लो पाइप जडान गरिएको छ । आइल्याण्डमा यस अगाघि बेटर चितवन लगायतका संस्थाले फुलबारी गोडमेल, पानीको फोहरा मर्मत तथा संचालन लगायतको काम गरेका थिए । सो ठाउँमा सरसफाई गरी झण्डोत्तोलन गरिएको हो ।

भरतपुरको मुख्य स्थल चौबिसकोठीमा झण्डा फहराउँदा सकरात्मक सन्देश जाने आयोजकको विश्वास छ । झण्डोत्तोलनको लागि बेटर चितवन , उधोग वाणिज्य संघ चितवन लगायत संस्थाले सहयोग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !