१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतकाे अवस्था विकराल, गाउँ र साना सहरमा पनि फैलियो महामारी

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार ०३:४१


काठमाडौं । भारतमा कोभिडका कारण हुने मृत्युदर निरन्तर बढिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा दुई हजार आठ सयले ज्यान गुमाएका छन् ।

संक्रमण दर पनि चिन्ताजनक ढंगले उकालो लागिरहेको छ । दैनिक तीन लाख भन्दा धेरै संक्रमित भेटिँदैछन् । तीमध्ये एक लाखभन्दा धेरै उपचारका लागि अस्पताल पुगेका छन् । दैनिक लाख मानिस अस्पताल पुग्दा भारतको स्वास्थ्य उपचार संरचना अस्तव्यस्त भएको छ ।

भारतका ठूला र मुख्य सहरहरुमा फैलिएको महामारी अब साना सहरहरु र ग्रामीण वस्तीमा पनि फैलन थालेको छ ।

संक्रमितहरुलाई श्वास प्रश्वासमा समस्या देखिने गरेको छ । जसका कारण अक्सिजन दिनुपरेको छ । लाखौं मानिस अस्पतालमा ओइरिने, सबैलाई अक्सिजन चाहिने भएपछि अक्सिजनको ठूलो अभाव भएको छ ।

भारतले सिंगापुरबाट अक्सिजन भण्डारण तथा ओसारपसार गर्ने केही उपकरण वायुसेनाको विमान मार्फत् सिंगापुरबाट ल्याएको छ । अक्सिजन सिलिण्डर आयात गर्दा लाग्ने भन्सार पनि छुट दिएको छ ।

महामारी साना सहर तथा ग्रामीण क्षेत्रमा पनि फैलन थालेपछि अवस्था झन् विकराल बनेको छ । केही भारतीय संस्थाहरुले भारतमा दैनिक ६ हजारको ज्यान जाने चिन्तालाग्दो प्रक्षेपण गरेका छन् ।

भारतमा महामारी तिब्र रुपमा फैलिएपछि विश्वका विभिन्न मुलुकले भारतसँग हवाई सम्बन्ध विच्छेद गरेका छन् ।

आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !