१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राणा भएको भए धरहराको नाम ‘केपी टावर’ – विद्यासुन्दर शाक्य

प्रकाशित मिति :  ११ बैशाख २०७८, शनिबार ०८:११


काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’  रहने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्ले बताउनुभएको छ ।

शनिबार पुननिर्मित धरहराको उद्घाटन कार्यक्रममा टावरको नाम ‘केपी टावर’ रहन् प्रधानमन्त्री ओली राणा हुनुपर्ने जिकिर गर्नुभयो । विद्यासुन्दरले भन्नुभयो ‘सायद आज ओली नभइ राणा भएको भए यो टावरको नाम केपी टावर हुन्थ्यो होला । किनकि त्यतिबेला राणाकालमा कसैको बोल्न सक्ने आँट थिएन, साहस थिएन ।’

विद्यासुन्दरदले राणाकालमा जति पनि दरबार, ऐतिहासिक सम्पदा बने ती सबै राणाहरुमध्ये कसै न कसैका नाममा रहेको स्मरण गराउनुभयो ।

राणाकालमा जे गर्यो त्यसैलाई साथ दिने, त्यसैलाई जयजयकार गर्ने प्रचलन रहेको पनि विद्यासुन्दरले बताउँदै अहिले केही काम गर्दा खोइरो खन्ने प्रवृत्ति रहेकोमा गुनासो गर्नुभयो । पुरानो धरहरालाई संरक्षण गरेर राख्ने र नयाँ धरहरालाई मौलिकता र ऐतिहासिक रूपमा झल्काउने काम भएको विद्यासुन्दरले दावी गर्नुभयो ।

पहिलो प्रधानमन्त्रीत्व कार्यकालमा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको काम सम्पन्न गर्न असम्भव भएको पनि मेयर शाक्यले स्मरण गर्नुभयो ।तर,०७४ को निर्वाचनपछि पुनः प्रधानमन्त्रीमा नियुक्त भएपछि धरहराको काम सम्पन्न गर्न सफल भएकोमा विद्यासुन्दरले प्रधामन्त्रीलाई धन्यवाद समेत दिनुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !