१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बेहाल भारत: अक्सिजन नपुग्दा अस्पतालको बेडमै गयो २० जनाको ज्यान

प्रकाशित मिति :  ११ बैशाख २०७८, शनिबार ०७:५३


काठमाडौं । भारतको एक अस्पतालमा अक्सिजन अभावले २० जना कोभिड संक्रमितको ज्यान गएको छ ।

राजधानी दिल्ली स्थित जयपुर गोल्डेन अस्पतालमा अक्सिजन अभावले बेडमा भएका ती विरामीको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अस्पतालको अक्सिजन सप्लाई प्लान्टमा अक्सिजन सकिएपछि ती विरामीले पर्याप्त अक्सिजन पाएनन्, त्यसपछि उनीहरुको ज्यान गएको हो ।

भारतमा कोभिड १९ को महामारीले विकराल रुप लिएसँगै संक्रमितको संख्या अप्रत्याशित रुपमा बढिरहेको छ । कोभिड संक्रमण भएका अधिकांश विरामीलाई श्वास लिन गाह्रो हुन्छ र उनीहरुको शरीरमा अक्सिजनको अभाव हुन्छ । त्यसकारण संक्रमितलाई अक्सिजनको सहारामा बेडमा राख्नुपर्ने हुन्छ ।

जयपुर गोल्डेन अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. डिके बलुजाले अक्सिजनको प्रेसर कम भएका कारण २० जना विरामीको ज्यान गएको जानकारी दिएको दि इन्डियन एक्स्प्रेसले लेखेको छ । प्लान्टमा अक्सिजन सकिएपछि त्यसले जुन प्रवाहसाथ अक्सिजन प्रवाह गर्नुपर्ने हो त्यो गर्न नसक्नुलाई प्रेसर कम भएको भनिन्छ ।

पछिल्लो हप्ता दिल्लीमा अक्सिजनको सबैभन्दा बढी अभाव झेलिरहेको अस्पताल हो गोल्डेन जयपुर । यो अस्पतालले चाहिने भन्दा ६० प्रतिशत थोरै अक्सिजन पाइरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोभिड– १९ बाट दुई हजार ६ सय २४ जनाको ज्यान गएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !