१२ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विराट गोल्ड कपकाे सेमिफाइनलमा विराटनगर–११

प्रकाशित मिति :  २९ चैत्र २०७७, आईतवार ०५:४१


मोरङ । विराटनगरको शहीद रंगशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बंगललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्लड लाइटमा भएको उक्त प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा विराटनगर–११ ले वेस्ट बंगललाई ३–० गोलले पराजित गरेको थियो । विराटनगरका लागि सुनिल खड्का दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गर्नुभएको थियो ।

विराटनगरले यही चैत ३० गते हुने सशस्त्र प्रहरी बल काठमाडौं र नेपाल प्रहरी काठमाडौंको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको म्यान अफ द म्याच घोषण गरिएका सुनिल खड्कालाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको छ ।

दोस्रो क्वार्टरफाइनल खेलअन्तर्गत आज साँझ ७ बजेदेखि शुरु हुने प्रतियोगितामा मच्छिन्द्र क्लब काठमाडौं र भारतको पञ्जाब पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

–रासस



प्रतिक्रिया दिनुहोस !