१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारले त्रिदेशीय फुटबलका विजेतालाई जनही चार लाख दिने

प्रकाशित मिति :  २० चैत्र २०७७, शुक्रबार १४:०२


काठमाडाैं । सरकारले त्रिदेशीय कप फुटबलका विजेता नेपाली खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेकाे मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार-चार लाख रुपैयाँ दिने निर्णय गरेकाे हाे । नेपाल बंगलादेश र किर्गिस्तान सम्मिलित प्रतियाेगिताकाे उपाधि नेपालले जितेकाे थियाे ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही एक-एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत १६ गते भएको फाइनल खेलमा नबंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै नेपालले त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार पाएकाे थियाे ।

फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुग्नुभएकाे थियाे । नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली खेल अवधिभर नै रंगशाला बस्नुभएकाे थियाे ।
-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !