६ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उरुग्वेका राष्ट्रपतिले लगाए चिनियाँ खोप

प्रकाशित मिति :  १७ चैत्र २०७७, मंगलवार ०९:०१


मोन्टेभिडियो । उरुग्वेका राष्ट्रपति लुइज लाकाल पाउले सोमबार कोभिड–१९ विरुद्धको चिनियाँ खोप कोरोनाभ्याकको पहिलो डोज लगाउनु भएको छ ।

यो खोप चीनको औषधि निर्माता कम्पनी सिनोभ्याकले उत्पादन गरेको छ ।

राजधानी मोन्टेभिडियोको मासिएल अस्पतालमा खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति पाउले कोरोनाभाइरसको उपचार, हेरचाह र खोप लगाउने कार्यमा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्नुभयो ।

उरुग्वेले गत मार्च १ देखि खोप अभियान शुरु गरेको थियो । राष्ट्रपति पाउले आफ्नो उमेर समूहले खोप लगाउने पालो आएपछि मात्र आफूले खोप लगाउने घोषणा गर्नु भएको थियो ।

उरुग्वेमा ५० देखि ७० वर्ष तथा ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिका लागि खोप अभियान चालू छ । साथै स्वास्थ्यकर्मी, शैक्षिक व्यक्तिहरु र सुरक्षा फौजका सदस्यहरुलाई पनि खोप दिइनेछ ।
उरुग्वेले १८ वर्षभन्दा माथिका सबै व्यक्तिलाई खोप दिने यसअघि नै घोषणा गरिसकेको छ ।

उरुग्वेमा एक महिनाको अवधिमा पाँच लाख ३० हजारभन्दा बढी व्यक्तिलाई खोप लगाइएको छ, र यो कूल जनसंख्याको करिब १५ प्रतिशत हो ।

सन् २०२० मार्च १३ यता उरुग्वेमा कोभिड–१९ बाट करिब एक लाख व्यक्ति संक्रमित भएका र त्यसमध्ये  नाै सय व्यक्तिको मृत्यु भएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !