१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा कोरोना संक्रमितको संख्या १ करोड २१ लाख

प्रकाशित मिति :  १७ चैत्र २०७७, मंगलवार ०८:५८


नयाँदिल्ली । भारतमा गत २४ घण्टामा ५६ हजार दुई सय ११ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको संख्या एक करोड २० लाख ९५ हजार आठ सय ५५ जना पुगेको छ ।

सो अवधीमा कोरोना भाइरस संक्रमणबाट दुई सय ७१ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको संख्या एक लाख ६२ हजार एक सय १४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

कूल संक्रमितमध्ये पाँच लाख ४० हजार सात सय २० जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १३ लाख ९३ हजार २१ जना संक्रमणमुक्त भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड  १० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड २६ लाख ५० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा सात लाख ८५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !