१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनमा आइतबार कोभिड १९ का संक्रमित भेटिएनन्

प्रकाशित मिति :  १६ चैत्र २०७७, सोमबार १२:४९


सिन्ह्वा । चीनमा हिजो आइतबार स्थानीय स्तरमा नै संक्रमित भएका कोरोना भाइरसका संक्रमितहरु नभेटिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले आइतबार चीनमा देशभित्रै संक्रमण सरेका व्यक्ति नभेटिएको बताएका हुन् ।

चीनको नेसनल हेल्थ कमिनसनले आइतबार चीनमा १५ जनामा कोभिड १९ को संक्रमण त भेटिएको छ तर पनि उनीहरु चीनभित्र नै संक्रमित भएका भने नपाइएको बताएको हो । ती १५ जना संक्रमित चीन बाहिरबाट आएको बताइएको पनि सो समाचारमा जनाइएको थियो ।

बेइजिङमा आइतबार १५जना नयाँ संक्रमित भेटिएका थिए र उनीहरु चीनमा भेटिएका नभएर बाहिरबाट आएका नागरिकमा भेटिएको थियो । त्यसैगरी आइतबार कोभिडबाट ज्यान गुमाउने पनि नरहेको सो कमिसनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !