१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चिनियाँ विदेशमन्त्री युएई भ्रमणमा, कोभिड खोपको नयाँ प्लान्ट शिलान्यास

प्रकाशित मिति :  १६ चैत्र २०७७, सोमबार ०८:३०


अबुधाबी । चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले आइतबार युनाइटेड अरब इमिरेट्स (युएई)का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायिद अल–नायिनसँग भेटवार्ता गर्नु भएको छ ।

दुबै मन्त्रीले संयुक्त रुपमा युएईमा स्थापित चिनियाँ खोपको उत्पादन प्लान्टको भर्चुअल रुपमा शिलान्यास गर्नु भएको थियो । त्यस अवसरमा चिनियाँ विदेश मन्त्री वाङले चीन र युएईले संयुक्तरुपमा कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल ट्रायल गर्न लागेकामा प्रशन्नता व्यक्त गर्नुभयो ।

उहाँले यस कार्यबाट चिनियाँ खोपको विभिन्न देशमा परीक्षण गर्न र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड महामारी विरुद्ध लड्न चीन र युएईबीचको साझेदारी नयाँ चरणमा प्रवेश गर्ने पनि बताउनुभयो ।

युएईका विदेश मन्त्री शेख अब्दुल्लाहले चिनियाँ खोपको तेस्रो चरणको परीक्षण कार्यक्रम र खोप उत्पादनको नयाँ प्लान्ट स्थापनाले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताउनुभयो ।

उहाँले हालसम्म  एक सय २० मुलुकका ५० हजार स्वयंसेवीले चिनियाँ खोपको परीक्षणमा सहभागी भएको जानकारी दिनुभयो ।

उहाँले चिनियाँ खोपहरु निकै सुरक्षित र प्रभावकारी पनि रहेकाले अन्तर्राष्ट्रिय समुदायले चिनियाँ खोपलाई मान्यता दिइरहेको बताउनुभयो ।

– रासस



प्रतिक्रिया दिनुहोस !