६ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज त्रिदेशीय फुटबल हेर्न प्रधानमन्त्री ओली रंगशाला जानुहुने

प्रकाशित मिति :  १६ चैत्र २०७७, सोमबार ०६:०३


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल हेर्न साेमबार दशरथ रंगशाला जानुहुने भएकाे छ ।

प्रधानमन्त्री ओली साेमबार साँझ दशरथ रंगशाला जान लाग्नु भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।

नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय फुटबल प्रतियाेगिताकाे उपाधिका लागि आज नेपाल र बंगलादेश खेल्दै छन् ।

नेपाल र बंगलादेश आज साँझ साढे ५ बजे उपाधिका लागि खेल्दै छन् ।

 



प्रतिक्रिया दिनुहोस !